६,००० एमएएच ब्याट्री र एआई फिचरसहित सामसङ ग्यालेक्सी ए०८ एलटीई नेपालमा

२१ आश्विन २०८३, बुधबार १७:५०

काठमाडौँ ।  सामसङले नेपालमा आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए०८ एलटीई फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो।

सामसङ नेपालका एमएक्स बिजनेशका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापित भने, “नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम् प्रविधिहरू पुर्‍याउँदै एआई को पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘असम इन्टेलिजेन्स’को संयोजनका साथ ग्यालेक्सी ए०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।”

फराकिलो डिस्प्लेमा सहज भ्युइंग अनुभव:

ग्यालेक्सी ए०८ एलटीईमा ८.० मिमी पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ, जुन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन उत्कृष्ट रंगहरूमा उपलब्ध छ। सामसङले यसमा सफा र आकर्षक डिजाइन दिएको छ, जसले दैनिक मिडिया हेर्ने अनुभवलाई अझ उत्कृष्ट र लोभलाग्दो बनाउँछ।

६,००० mAh को ठूलो ब्याट्री:

पटक-पटक फोन चार्ज गर्ने झन्झटविना आफ्नो काम र मनोरञ्जनलाई निरन्तरता दिन नयाँ ग्यालेक्सी A08 मा ६,००० mAh (टाइपिकल) को विशाल ब्याट्री राखिएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले दिनभर निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, सोसल मिडिया ब्राउजिङ र गेमिङको मजा लिन सक्नेछन्।

दीर्घकालीन सुरक्षा र टिकाउपन:

यो डिभाइस, प्रयोगकर्तालाई लामो समयसम्म भरपर्दो कार्यक्षमता, सुरक्षा र ढुक्कको महसुस गराउने गरी बनाइएको छ। IP64 रेटेड धुलो र पानी प्रतिरोधी क्षमता भएकाले यो दैनिक जीवनमा हुने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित रहन्छ। यसको मूल्यलाई अझ दीर्घकालीन बनाउन सामसङले ६ जेनेरेसनसम्म OS अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ, जसले ग्यालेक्सी A08 लाई आगामी वर्षहरूसम्म सुरक्षित, अद्यावधिक र नयाँ फिचरहरूले सुसज्जित राखिराख्नेछ।

उपलब्धता र मूल्य:

मोडल RAM / स्टोरेज रंगहरू मूल्य (RRP) १२ महिने EMI (प्रति महिना)
Galaxy A08 LTE 4GB / 64GB डार्क ब्लु, सिल्भर, ग्रिन रु. ३४,४९९ रु. १,७२५
4GB / 128GB रु. ४०,९९९ रु. २,०५०
6GB / 128GB रु. ४७,४९९ रु. २,३७५

नयाँ स्मार्टफोनमा अपग्रेड गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउन सामसङले मासिक किस्ताबन्दीको सुविधा पनि ल्याएको छ। ग्राहकहरूले प्रति महिना मात्र रु. १,७२५ को सजिलो ईएमआईमा नयाँ ग्यालेक्सी ए०८ खरिद गर्न सक्नेछन्। यो झन्झटरहित प्रक्रियाका लागि नागरिकताको प्रमाणपत्र मात्र भए पुग्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*