कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

२२ आश्विन २०८३, बिहीबार १०:५८

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको असोज २१ गते बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ।

बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १४ करोड ७४ लाख ५९ हजार ६७५ रुपैयाँको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार २ करोड ६५ लाख ४२ हजार ७४२ रुपैयाँ बराबरको बोनस शेयर र १३ लाख ९६ हजार ९८६.४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ।

प्रस्तुत निर्णय नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब बस्ने १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरुमा वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*