नेप्सेको सिईओको लागि चारजनाको नाम सर्टलिस्ट, अन्तवार्ता असोज २३ गते

२० आश्विन २०८३, मंगलवार ०६:५४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि छनोट प्रक्रिया अगाडि बढेको छ।

नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि आवेदन दिएका ८ जना उम्मेदवारमध्येबाट ४ जनालाई संक्षिप्त सूची ९सर्टलिस्ट० मा समावेश गरेको छ। समितिले आज एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको हो।

सर्टलिस्टमा परेका उम्मेदवारहरू

१। अनिल राज पौडेल

२। नवराज सापकोटा

३। नारायण प्रसाद सापकोटा

४। प्रताप सुवेदी

अन्तर्वार्ता र प्रस्तुतीकरणको तालिकास् छनोट समितिले तोकेअनुसार चारैजना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ।

अनिल राज पौडेलस् बिहान ७ बजे

नवराज सापकोटास् बिहान ८ बजे

नारायण प्रसाद सापकोटास् साँझ ५:३० बजे

प्रताप सुवेदीस् साँझ ६:३० बजे

समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*