आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बिहीबार नेप्सेमा ३ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये घलेम्दी हाइड्रोको मात्रै २६ करोड ६ लाख ५५ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यसैगरी यसदिन हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल, हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र ग्रीनलाइफ हाइड्रोपावरको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।











