दुई महिनामै १४ निर्जीवन बीमा कम्पनीले गरे ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको व्यवसाय

२३ आश्विन २०८३, शुक्रबार १६:२४

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*