एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

१० कार्तिक २०८३, मंगलवार ०७:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ। उक्त खेलमा विराटनगर र चितवन जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

त्यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दोस्रो खेल हुनेछ। दुवै टोली प्रतियोगितामा जित हासिल गर्दै आफ्नो स्थिति बलियो बनाउने प्रयासमा रहनेछन्।

यसअघि सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*