युनाइटेड अजोड इन्स्योरेन्स विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार

१० कार्तिक २०८३, मंगलवार १४:०३

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार बनेको छ ।

कम्पनीका अनुसार नेपाली क्रिकेट र खेलकुद क्षेत्रसँग सहकार्य गर्दै खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्यले विराटनगर किंग्ससँग साझेदारी गरिएको हो । यसबाट खेलकुदसँग जोडिएका संस्थासँगको सम्बन्ध विस्तार गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुर्‍याउने कम्पनीको प्रतिबद्धता थप स्पष्ट भएको कम्पनीले जनाएको छ ।

नेपाल प्रिमियर लिग नेपालमा सञ्चालन हुने प्रमुख फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यस प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन र खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग गर्दै आएको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु भएको छ । प्रतियोगितामा विराटनगर किंग्ससहित आठ टोली सहभागी छन् । विराटनगर किंग्सको कप्तानी नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले गरिरहेका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्सले विराटनगर किंग्ससँगको साझेदारीमार्फत खेलकुद क्षेत्रसँग आफ्नो संस्थागत सम्बन्ध विस्तार गरेको छ । यस्ता साझेदारीले खेलकुद र निजी क्षेत्रबीच सहकार्यको अवसर बढाउन तथा नेपाली क्रिकेटको विकासमा विभिन्न क्षेत्रको सहभागिता प्रोत्साहन गर्न सहयोग पुर्‍याउने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*