आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ को विन्दुमा कायम हुँदा ५ अर्ब ७९ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज घलेम्दी हाइड्रो, पिपुल्स हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, लिवर्टी इनर्जी, ग्रीन भेन्चर्स, हिमालयन डिष्टिलरी, अपी पावर, सोलु हाइड्रोपावर, बलेफी हाइड्रोपावर र शिवम् सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।











