बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?

१० कार्तिक २०८३, मंगलवार १६:५९

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नका लागि भोलि बूक क्लोज गर्ने भएकाले आज शेयरमूल्य समायोजन भएको हो।

कम्पनीको आजको कारोबारको अन्तिम मूल्यलाई आधार बनाएर शेयरमूल्य समायोजन गरिएको नेप्सेले जानकारी दिएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३३८.९० रुपैयाँमा कारोबार भएको थियो। मूल्य समायोजन भएसँगै कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३२३.५३ रुपैयाँ कायम भएको छ। अब यही मूल्यबाट मानेर कम्पनीको शेयर कारोबारमा आउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*