कामना सेवा विकास बैंकद्वारा फुटसल कप सिजन ६ को ट्रफी अनावरण, ब्रान्ड एन्थम सार्वजनिक

११ कार्तिक २०८३, बुधबार १८:३४

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजनामा हुन लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक गर्ने कार्यक्रम कार्तिक ११ गते भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको स्वागत मनतव्य व्यक्त गदैं बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले कामना सेवा फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभई खेलकुद मार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए । खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको सिएफओ त्रिपाठीले बताए ।

त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गर्दै सहभागी टोलीका टिम म्यानेजरहरूलाई जर्सी हस्तान्तरण पनि गरेका छन् । सोही अवसरमा प्रतियोगिताको टाइ–सिट ड्र सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा गत सिजन (सिजन ५) का पुरुष तर्फका उपाधि धारक सिद्धार्थ बैंक र महिला तर्फका उपाधि धारक लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले आफ्ना मन्तव्य राखेका थिए । बैंकको आयोजना गरेको यस प्रकारको खेलले बैंक तथा वित्तीय संस्थाका कर्मचार्रीहरु बीच भाइचारा विकास हुने भएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै सबै सहभागी टोलीलाई शुभकामना व्यक्त गरे ।

त्यसैगरी फिफा एएफसी असिस्टेन्ट रेफ्री हरीश कार्कीले प्रतियोगिताका खेल नियमहरूबारे विस्तृत जानकारी गराएका थिए । उनले खेलको अनुशासन, फाउल तथा निर्णय सम्बन्धी नियमहरू सबै टोलीले राम्ररी बुझेर स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । कार्यक्रममा साफ फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति रहेको थियो ।

यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबार र आईतबार, कार्तिक १४ र १५, २०८३ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने छ । कामना सेवा विकास बैंकले खेलकुद प्रवद्र्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागिता प्रोत्साहनको उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*