उन्नति सहकार्य लघुवित्तको १ लाख ६८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
११ कार्तिक २०८३, बुधबार १७:२५

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार ६५४.७२५६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ।
शेयर परिवर्तनसँगै कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५५.५८ प्रतिशत र ४४.४२ प्रतिशत कायम भएको छ।
यसअघि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर सर्वसाधारण समूहमा परिणत गरिएको हो। यस परिवर्तनपछि कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ५५.५८ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४४.४२ प्रतिशत भएको हो।











