भोलिदेखि सरकारी कार्यालयको समय फेरिँदै, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने
१५ कार्तिक २०८३, आईतवार ११:५८

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।











