डलर सस्तिँदा युरो र पाउन्ड महँगिए, यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य घटेको छ भने युरो र पाउन्ड स्टर्लिङको मूल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा कायम भएको छ। अघिल्लो दिन डलरको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा थियो।
त्यसैगरी, आज युरो एकको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा रहेको छ। अघिल्लो दिन युरोको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा थियो।
आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। अघिल्लो दिन यसको खरिददर २०३ रुपैयाँ ७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा थियो।
अस्ट्रेलियन डलर एकको आज खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६ पैसा थियो।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७५ पैसा रहेको छ। अघिल्लो दिन यसको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८६ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५ पैसा निर्धारण भएको छ। अघिल्लो दिन यसको खरिददर ४०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २६ पैसा थियो।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।











