भारी गिरावटपछि शेयर बजारमा सामान्य सुधार, कारोबार भने घट्यो

१७ कार्तिक २०८३, मंगलवार १५:०४

काठमाडौं । हिजो भारी अंकले घटेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिनमा ठूलो गिरावट बेहोरेको बजारले आज केही सम्हालिँदै सकारात्मक दिशा समातेको हो। पछिल्लो समय निरन्तर उतारचढावको सामना गरिरहेको शेयर बजारमा आजको सामान्य वृद्धिले लगानीकर्ता उत्साहित भएका छन्।

बजारमा पछिल्ला दिनमा देखिएको अस्थिरता, लगानीकर्ताको मनोविज्ञान तथा खरिदबिक्रीको चापले नेप्से परिसूचकको चाललाई प्रभावित पार्दै आएको छ। हिजोको उच्च गिरावटपछि आज बजारमा केही सुधार देखिए पनि समग्र बजारको प्रवृत्तिमा स्थायित्व भने कायम हुन सकेको छैन।

पछिल्ला कारोबार दिनहरूमा शेयर बजारले अपेक्षित गति लिन नसक्दा लगानीकर्तामा अन्योल देखिँदै आएको छ। बजारमा कहिले सामान्य वृद्धि त कहिले उल्लेख्य गिरावट देखिने प्रवृत्तिले लगानीकर्ताको मनोबलमा समेत प्रभाव पारेको छ। विशेषगरी बजारमा निरन्तर सुधारको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि पटकपटक देखिने गिरावटले लगानी निर्णयमा थप सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ।

बजारमा केही कम्पनीका शेयरमा खरिद आकर्षण देखिए पनि समग्र बजारको गति भने सीमित रहँदै आएको छ। लगानीकर्ताले बजारको आगामी दिशा स्पष्ट हुन नसक्दा पर्ख र हेरको रणनीति अपनाउने गरेका छन्। आजको कारोबारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा कायम हुन पुगेको छ। यससँगै आज ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसदिन सूचीकृत १२२ कम्पनीको शेयरमूल्य घट्दा १४३ कम्पनीको शेयरमूल्य बढेको छ।

पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा रहेको शेयर बजारमा आजको सामान्य वृद्धिले अघिल्लो दिनको गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याउने प्रयास गरेको छ। लगानीकर्ताले बजारमा स्थायित्व, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणको अपेक्षा गरिरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*