इन्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशिकाको मस्यौदा तयार, प्राधिकरणले माग्यो सुझाव

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि नयाँ कदम चालेको छ।
प्राधिकरणले इन्जिनियरिङ्ग बीमालेखमा एकरूपता कायम गर्ने र बीमितको हित संरक्षण गर्ने उद्देश्यले इन्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशिकाू को मस्यौदा तयार पारेको छ।
प्राधिकरणद्वारा प्रकाशित सूचना अनुसार उक्त तयार पारिएको मस्यौदामाथि सरोकारवाला तथा सर्वसाधारणसँग राय, सुझाव र प्रतिक्रिया माग गरिएको छ।
यस निर्देशिकाको मस्यौदा उपर आफ्नो राय वा सुझाव दिन चाहने पक्षले यो सूचना प्रकाशन भएको मिति ९२०८३ कार्तिक १७ गते० ले सात ९७० दिनभित्र प्राधिकरणको बीमालेख शाखाको आधिकारिक इमेल ठेगाना मा उपलब्ध गराइसक्नुपर्नेछ।
साथै, यस सम्बन्धमा थप केही जानकारी आवश्यक परेमा प्राधिकरणका सम्बन्धित कर्मचारीहरूसँग सम्पर्क गर्न सकिने व्यहोरा समेत प्राधिकरणले जनाएको छ।












