एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड सूचीकृत, भोलिदेखि नेप्सेमा कारोबार हुने

१८ कार्तिक २०८३, बुधबार १३:०३

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। यो म्युचुअल फण्डका इकाईहरू बिहीबार (कात्तिक १९ गते) देखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

नेप्से र एनआईसी एसिया क्यापिटलबीच बुधबार (कात्तिक १८ गते) फण्डका इकाई सूचीकरण गर्ने सम्झौता भएको हो। प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई नेप्सेमा सूचीकृत गरिएको छ। यसको कुल मूल्य १ अर्ब रुपैयाँ रहेको छ।

एनआईसी एसिया सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यस फण्डका सबै १० करोड इकाई सर्वसाधारणलाई बिक्री गरी वितरण गरिसकिएको कम्पनीले जनाएको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार कात्तिक १६ गतेको निर्णयका आधारमा इकाई सूचीकरण गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*