आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा कायम भएको छ। यसदिन ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेडको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।











