लोअर भिमखोला क्यासकेड जलविद्युत आयोजनाको क्षमता आधा घटाइने, क्षेत्रसमेत संशोधन गरिने

१ मंसिर २०८३, मंगलवार १३:०२

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरिरहेको लोअर भिमखोला क्यासकेड जलविद्युत आयोजनाको क्षमता घटाउने भएको छ । कम्पनीले हाल निर्माणाधीन ६.०५ मेगावाट क्षमताको आयोजनालाई संशोधन गरी ३.१ मेगावाटमा सीमित गर्ने प्रस्ताव अघि सारेको हो ।

कम्पनीका अनुसार आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाले सिँचाइका लागि पानी अपुग हुने भन्दै पटक–पटक काममा अवरोध गर्दै आएका छन् । स्थानीयको विरोध र विवादित क्षेत्रका कारण साविकको क्षेत्र तथा क्षमताअनुसार आयोजना सम्पन्न गर्न कठिन देखिएपछि कम्पनीले आयोजनाको क्षेत्र र क्षमता संशोधन गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार अब आयोजनाको नयाँ क्षेत्र ८३ डिग्री ११’ ४५’’ पूर्वी देशान्तरदेखि ८३ डिग्री १२’ ५७’’ पूर्वी देशान्तरसम्म र २८ डिग्री १७’ ०६’’ उत्तरी अक्षांशदखि २८ डिग्री १७’ ३९’’ उत्तरी अक्षांशसम्म कायम गर्ने प्रस्ताव गरिएको छ ।

यससँगै आयोजनाको उत्पादन क्षमता ६.०५ मेगावाटबाट घटाएर ३.१ मेगावाट कायम गरी सोहीअनुसार निर्माण प्रक्रिया अघि बढाउने कम्पनीको योजना छ । आयोजनाको संशोधित क्षेत्र र क्षमता स्वीकृत भएपछि कम्पनीले सोहीअनुसार निर्माण प्रक्रिया अगाडि बढाउने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*