मल्टिपर्पस फाइनान्सको ७ लाख २३ हजार कित्ता शेयर बेचेर बाहिरिँदै रिलायबल नेपाल लाइफ

८ मंसिर २०८३, मंगलवार ०९:०८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मल्टिपर्पस फाइनान्स लिमिटेडमा आफ्नो नाममा रहेको ७ लाख २३ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका आधारभूत शेयरधनी रिलायबल नेपाल लाइफले आफूसँग रहेको ७ लाख २३ हजार कित्ता शेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत शेयरधनीले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नु अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार रिलायबल नेपाल लाइफले शेयर बिक्री गर्ने मनसायसहितको जानकारी गराएको मल्टिपर्पस फाइनान्सले जनाएको छ । रिलायबल नेपाल लाइफले आगामी तीन महिनाभित्र उक्त शेयर बिक्री गर्ने मनसाय सहित निवेदन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*