सुन एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि
३ फाल्गुन २०७८, मंगलवार ११:४२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । साताको पहिलो दिन १ हजार ५ सय रुपैयाँले वृद्धि भएको सुन सोमबार भने स्थिर रहेको थियो । मंगलबार फेरी सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













