सुन तोलामा ८ सयले रुपैयाँले वृद्धि, प्रतितोला कति ?
१० फाल्गुन २०७८, मंगलवार ११:२१

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार ३ सय रुपैयाँका कारोबार भइरहेको चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











