प्रतिनिधिसभाको आजको बैठक स्थगित

१२ फाल्गुन २०७८, बिहीबार १६:०६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। राजनीतिक छलफल कायमै रहेकाले आज स्थगित गरिएको हो । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि अर्थात शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*