अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्ने पाईने

१७ फाल्गुन २०७८, मंगलवार १३:२१

काठमाडौं । टिकटकले युट्युबलाई चुनौती दिने गरी १० मिनेट लामोसम्मका भिडियो अपलोड गर्ने बाटो खुल्ला गरेको छ । टिकटकले आफ्ना प्रयोगकर्ताहरुलाई १० मिनेट लामो भिडियो अपलोडको सुविधा दिन थालेको हो ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको टिकटकले सुरुमा एक मिनेट लामो भिडियो मात्रै अपलोड गर्न मिल्ने गरी सेवा सुरु गरेको थियो।गत वर्ष यसलाई लम्ब्याएर तीन मिनेट पुयाएको टिकटकले अहिले १० मिनेट पु¥याइएको जनाएको छ। छोटो समयमै प्रयोगकर्ता संख्या लगातार बढेको टिकटकले व्यापार निकै बढाएको छ। टिकटकले प्रयोगकर्तालाई दिएको सुविधालाई ध्यानमा राख्दै गुगलले पनि युट्युबमा छोटो भिडियो अपलोडको सुविधा ल्याइसकेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*