नेपाल इन्स्योरेन्सद्धारा नियामकीय प्रावधान उल्लंघन, भुकम्प जोखिम जगेडा कोष शून्य

१२ असार २०८३, शुक्रबार १७:५५

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेको पाइएको छ।

नेपाल बीमा प्राधिकरणले अनिवार्य १० प्रतिशत रकम भुकम्प जोखिम जगेडामा राख्नुपर्ने प्रावधान भएपनि कम्पनीले नियामकिय नियम मिचेको पाइएको हो ।

भूकम्प प्रिमियम जोखिम जगेडा कोष भनेको बीमा कम्पनीहरूले भूकम्पजस्ता ठूलो प्राकृतिक प्रकोपबाट उत्पन्न हुन सक्ने दाबी भुक्तानीको जोखिम व्यवस्थापन गर्न स्थापना गर्ने विशेष कोष हो।
नेपालमा यसको व्यवस्था नेपाल बीमा प्राधिकरण ले जारी गरेको निर्देशिका अनुसार यस कोषमा सबै बीमा कम्पनीहरुले रकम छुट्याएको छ।

बीमा कम्पनीहरुले भुकम्पको जोखिमको लागि राखेको रकम शतप्रतिशतले बढाएको छ । नेपाल बीमा प्राधिकरणले अनिवार्य १० प्रतिशत रकम राख्नुपर्ने प्रावधान राखेको छ। सो बमोजिम बीमा कम्पनीहरुले भुकम्पको जोखिमको लागि छुटै जगेडा कोषमा रकम जम्मा गर्ने गरेका छन् ।

कम्पनीले सुरुवाती दिनदेखि नै भुकम्प जोखिम जगेडा कोषमा रकम नराखेको पाइएको हो । बीमा प्राधिकरणले भने ऐन अनुसारको कोषमा रकम जम्मा नगरेको कम्पनीमाथि प्राधिकरणको निगरानी हुने र यस बिषयमा छानविन गर्ने समेत जानकरी दिएको छ।

रिक्स वेस क्यापिटलका अनुसार बीमा कम्पनीहरुको जोखिम सुरक्षणको लागि भुकम्प जोखिम जगेडा कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
ठूलो भूकम्प आएपछि दाबी भुक्तानी गर्न पर्याप्त स्रोत सुनिश्चित गर्न यस कोष अनिवार्य गरिएको हो ।

प्राधिकरणले बीमा कम्पनीको वित्तीय स्थायित्व कायम राख्न, बीमितहरूको हित संरक्षण गर्न यो निर्देशिका जारी गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*