भारतले बढायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने
१७ फाल्गुन २०७८, मंगलवार १७:४७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाउन सक्ने सम्भावना देखिएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र नेपालमा स्वतः मुल्य बढ्न सक्ने जनाएको हो ।
भारतमा प्राप्त नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १.३० रुपैयाँले बढेको छ । हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँँस प्रतिसिन्डर १०० रुपैयाँले बढेको हो ।
भारतबाट मूल्य सूचि बढेर आएसँगै नेपालमा अब पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।













