लगातार बढेको सुनको मूल्य आज तोलामा ५ सयको घट्यो

१९ फाल्गुन २०७८, बिहीबार १२:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको सुन बिहिबार भने तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छाापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*