शेरबहादुर देउवाले राष्ट्रपति समक्ष बुझाए वार्षिक प्रतिवेदन पेश
२२ फाल्गुन २०७८, आईतवार १७:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७÷७८ को सो प्रतिवेदन पेस गरेका हुन् ।
उनले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७÷७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।













