एनएमबि बैंकको १०औं बिस्तारीत काउण्टर मोरङको बेलबारीमा

२३ फाल्गुन २०७८, सोमबार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बिस्तारीत काउण्टरको बिस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको बेलबारी मालोपात कार्यालयमा १० औं बिस्तारीत काउण्टरको शुभारम्भ गरेको हो ।

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल केसिको विशेष आतिथ्यता तथा एनएमबि बैंकका प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ फागुन २० गते मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको उद्घाटन भएको हो । बिस्तारित शाखा कार्यालय मार्फत सेवाग्राहीहरुलाई सहज र सरल रुपैयाँमा बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

हाल देशभर बैंकले २०१ शाखा कार्यालय, १३९ एटिएम र १० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*