युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गर्ने २१ वर्षीय युवक पक्राउ

२३ फाल्गुन २०७८, सोमबार १८:१२

काठमाडौं । युट्युब मार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरी प्रशासन साइबर ब्युरोले ‘सेलेब नेपाल’ नामक युट्युब च्यानलका संचालक २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो ।

गुल्मी भनभने ९ स्थानी वतन भई हाल बुटवल १३ रुपन्देही अस्थायी बसोबास गर्ने थापालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई फागुन २२ गते पक्राउ गरेको हो ।

अदालतको आदेशले पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*