इसेवाको मनी ट्रान्सफर सेवा प्रयोगबाट देशभरी निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । इसेवाले वालेटबाट इसेवा मनि ट्रान्सफरको प्रयोग गरी शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने सुविधा ल्याएको छ ।
इसेवाले यो सुविधा मार्च १ बाट सुरु भएर आउँदो मे ३१ सम्म ३ महिनासम्म चालु रहने जनाएको छ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्पmत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रकम रेमिट्यान्स नेपालभरी रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै पाउने व्यक्ति समक्ष पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले हालै आन्तरिक विप्रेषणको कारोबारमा प्रतिव्यक्ति कारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्रै कारोबार गर्न पाउने व्यवस्था ल्याएसँगै इसेवाले ल्याएको शून्य शुल्कमा आन्तरिक डिजिटल रेमिट्यान्स कारोबार गर्न सकिने व्यवस्थाले जनमानसमा सहयोग पुग्ने इसेवाले लक्ष्य लिएको छ ।
संसारभरका दुई सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरी आन्तरिक रेमिट्यान्सको सेवाप्रदान गर्दै आएको ईसेवाले यसबाहेक अन्य सुविधाहरु पनि प्रदान गर्दै आइरहेको छ ।













