सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ५५ सय रुपैयाँ
२५ फाल्गुन २०७८, बुधबार ११:४०

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन मंगलबार सुनको छापावाला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख २५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, मंगलबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले बृद्धि भएर १४५० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य नेपाली बजारमा हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । यसअघि २०७७ साल साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको थियो ।













