क्रिष्टल पावरले आईपिओ निष्काशन गर्ने, ग्लोबल आइएमई क्यापिटल र क्रिष्टल पावरबीच दुईपक्षीय सम्झौता

२७ फाल्गुन २०७८, शुक्रबार १४:३५

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.बीच सम्झौता भएको छ । क्रिष्टल पावरले ग्लोबल आइएमई क्यापिटलको ‘बिजनेश कनसेप्ट टु लिस्टिङ’ सेवा लिनको लागि दुईपक्षबीच सम्झौता भएको हो ।

क्यापिटलले पहिलो पटक संस्थागत परामर्श सेवा अन्तर्गत ‘बिजनेश कनसेप्ट टु लिस्टिङ’ सेवा सुरु गरेको हो । उक्त सेवा अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा क्रिष्टल पावर डेभलपमेन्टद्धारा निर्माण गर्न लागिएको सुपर तमोर हाइड्रोईलेक्ट्रिक आयोजना (१६६ मेगावाट) को लागि दुई पक्षबीच सो सम्बन्धमा आज समझदारी भएको हो ।

ग्लोबल आइएमई क्यापिटलले ‘बिजनेश–कनसेप्ट टु लिस्टिङ’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोबारको दायरा विस्तासँग सम्बन्धित कार्यहरु अगाडी बढाउनेछ भने निकट भविष्यमा प्राइभेट इक्विटी।भेन्चर क्यापिटल सम्बन्धि कार्यहरु गर्ने योजना समेत रहेको छ ।

साथै पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदाको बखत रेगुलाटोरी फ्रेमवर्क अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुर्याउने कार्यहरु गर्नेछ ।

त्यस्तै, क्यापिटलले उक्त सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य समेत गर्नेछ ।

साथै क्यापिटलले उक्त कम्पनीलाई निकट भविष्यमा सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ । क्यापिटलले यस सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आइपीओ जारी पछि सूचीकृतसम्मको कार्यलाई एकीकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग विष्टले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*