बिजुली तारको सर्वोत्तम सुरक्षा कवचका लागि मंगलम पाइप्सको मंगलम वायरसेफ बजारमा

काठमाडौं । मंगलक इण्डस्ट्रिको मंगलम वायरसेफ लन्च भएको छ । आज एक कार्यक्रमका बीच सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लन्च गरेकी हुन् । नेपालको पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले सातौं नेपाल बिल्डकन एक्स्पोमा मंगलम वायरसेफ लन्च गरेको हो ।वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ ।

घर बनाउँदा मानिसहरु ईंट्टा, सिमेन्ट,पाइप्स र फिटिङ्सदेखि लिएर इन्टेरियर–एक्स्टेरियर सम्म सबै कुराहरुको राम्रोसँग अध्ययन गर्छन् तर नेपालमा वायरिङकै लागि छुट्टै किसिमको पाईन्छ । यसलाई मध्यनजर गर्दै कम्पनीले नेपाली बजारमा मंगलम वायरसेफ लञ्च गरेको हो । ।
त्यसैले उनीहरुले वायरिङकै लागि बनेको पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप्स अथवा अर्को कालो एचडीपीई पाइप प्रयोग गर्ने गर्दछन् । तर यस्तो पाइपहरु वायरिङका लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैनन् ।
यसरी विद्युतीय प्रयोजनकै लागि बनेको पाइपहरु प्रयोग नगर्दा थुप्रै दुर्घटनाहरु भइरहेका छन् र यस्ता दुर्घटनाहरु कम गर्ने उद्धेश्यले मंगलम पाइप्सले मंगलम वाइरसेफ पाइप ल्याएकोक कम्पनीले जनाएको छ ।
वजनमा धेरै हल्का र किफायती यी पाइपहरुको मुख्य विशेषता भनेको नै आगो नलाग्ने, नओसिने र नकोरिने प्रकृतिका हुन्छन् । यसको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा यिनीहरु छोटो समयमा नै बलियोसँग जोडिन्छन् ।
मंगलम वाइरसेफ पाइपहरु १.३ मि.मि. देखि २.७ मि.मि. सम्मको मोटाइमा उपलब्ध हुनेछन् । १.३ मि.मि. मोटाइको पाइप सिमेन्ट ढलानमा जडान गर्नको लागि उपयुक्त छन । यो लाइट, मेडियम र हेभी रेन्जमा २० देखि ३२ मि.मि. मोटाइमा उपलब्ध हुनेछन् ।
विद्युुतीय दुर्घटनाहरु बढीरहेको नेपाली परिप्रेक्ष्यमा मंगलमको यो वायरसेफले दुर्घटनाहरु उल्लेखनीय रुपमा कम गरी वायरिङको क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास गरिएको यूनिभर्सल प्रा।लिका एवं इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताएका छन्।
कम्पनीका प्रबन्ध निर्देशक चुरिवालले वायरसेफले विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटनाहरु हुने गरेको हुदाँ वायरसेफको उपलब्धता सँगै अब यस्ता विद्युतिय दुर्घटनाबाट हुने सक्ने मानवीय र आर्थिक क्षति कम हुने बताए । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेको नेपालमै बनाइएको जनाएको छ।
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबैं पाइप तथा फिटिङ्स उत्पादन गर्दै आइरहेको छ । मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीय कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिले प्रयोग गरी बनाइएको र सबैं उत्पादनहरु आइएसओ ४९८५ प्रमाणित रहेका छन् ।
यस्ता छन् मंगलम वायरसेफका विशेषताहरु :
वायरिङ गर्न सजिलो
अग्नि प्रतिरोधी
मर्मत सम्भारको खर्च नहुने
जडान गर्न सजिलो
विद्युतको कुचालक
धेरै टिकाउ हुने
हलुका वजन
वातावरण मैत्री
कोरोजन रेसिस्टान्ट
उच्च मेकानिकल शक्ति













