नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा

२८ फाल्गुन २०७८, शनिबार ०४:२५

काठमाडौं । नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ।

नेपालपे क्यूआरको औपचारिक थालनीको घोषणा आज एनसीएचएलले केही बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मिट कार्यक्रमको आयोजना गरी गरिएको हो।

प्रेस मिटमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, एनआईसी एशिया बैंकका चिफ स्टे«टजी अफिसर विशाल सिग्डेल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घनश्याम ढुंगेल, समृद्धि फाइनान्स कम्पनीका चिफ मेनेजर विनोदराज पौडेल, फोकसवान सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको उपस्थिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*