विश्वभर ४५ करोड मानिसमा सर्यो कोभिड–१९, अमेरिकामा मात्रै सात करोड

२८ फाल्गुन २०७८, शनिबार १७:५९

बेइजिङ । हालसम्म विश्वभर ४५ करोडभन्दा बढि मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यद्यपि परिक्षण नगराएका अन्य आम सर्र्वसाधारण समेतको संख्या एक अर्बभन्दा माथि रहेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

पछिल्लो पटक चीनको जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १२ मा प्रकाशित कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशको सुची सार्वजनिक गरेको थियो । सो सूचिमा अमेरिका पहिलो नम्वरमा रहेको छ भने रुस आठौं नम्वरमा रहेका छ । त्यस्तै दोस्रो नम्वरमा छिमेकी मुलुक भारत रहेको छ ।

देश संख्या
१. विश्व ४५ करोड ५२ लाख ३१ हजार ३५२
२. अमेरिका सात करोड ९५ लाख सात हजार ३०
३. भारत चार करोड २९ लाख ८७ हजार ११६
४. ब्राजिल दुई करोड ९३ लाख तीन हजार २८
५. फ्रान्स दुई करोड ३५ लाख ६५ हजार २७४
६. बेलायत एक करोड ९६ लाख ७३ हजार ८८२
७. जर्मनी एक करोड ७० लाख ५१ हजार ५१८
८. रुस एक करोड ६९ लाख ९३ हजार ६२५
९. टर्की एक करोड ४५ लाख १३ हजार ७७४
१०. इटाली एक करोड ३२ लाख ६८ हजार ४५९

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*