सरकारले सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिन नागरिक एपमा थप्यो नयाँ अपडेट

१ चैत्र २०७८, मंगलवार १२:४१

काठमाडौं । सरकारले सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ ।नयाँ एपमार्फत अब ई–पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिनेछ ।

नागरिकता नम्बरसँगै अब पासपोर्टबाट पनि भेरिफाई हुने भएपछि सेवाग्राहीले थप सहजता पाउने नागरिक एपले जनाएको छ ।साथै एपमा ई–पासपोर्ट पनि लिंक गर्न सकिने सुविधा थप भएको छ ।यसअघि फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*