युनाइटेड मोदी हाइड्रोपावरद्धारा दुई नयाँ संचालक चयन

२ चैत्र २०७८, बुधबार ०९:५१

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले दुईजना संचालक निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको फागुन २६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालक निर्वाचित गरेको हो ।

सर्वसाधारण शेयरधनी समूहतर्फबाट काठमाडौं जिल्ला वडा नं. ३२ का कृष्ण राज पाण्डे र ललितपुर जिल्ला वडा नं. ४ का मोहन कुमार दंगाल नियुक्त भएका हुन् ।

साथै सोही सभाबाट कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एन.बि. रोकाया एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सका सिए नर बहादुर रोकायालाई २ लाख २६ हजार रुपैयाँ पारिश्रमिक सहित नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*