अमेरिकी राष्ट्रपति बाइडेनमाथि नाकाबन्दी लगाउने रसियाको घोषणा
२ चैत्र २०७८, बुधबार ११:३७

काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडनमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ । रुसी विदेशमन्त्रालयले अमेरिकामाथि नाकान्दी लगाउने जानकारी दिएको हो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले पनि सोही विरुद्धमा अमेरिकामाथि नाकाबन्दी लगाउन निर्णय गरेको हो ।
बीबीसीका अनुसार अमेरिकी जो बाइडेन लगायत विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बर्न्समाथि प्रतिबन्द लगाइएको हो ।
साथै अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ ।













