राष्ट्रिय आर्थिक सरोकार समाज नेपाललको राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ भोलिदेखि आयोजना हुँदै

काठमाडौं । राष्ट्रिय आर्थिक सरोकार समाज नेपाललको भोलिदेखि राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ आयोजना हुँदैछ ।यहि चैत ११ र १२ गते काठमाण्डौमा राष्ट्रिय सभागृहमा ‘प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८’ आयोजना गर्दैछ । उद्घाटन समारोह चैत ११ गते २ बजेदेखि ५ बजेसम्म र चैत १२ गते बिहान ७स्३० बजेदेखि दिनभर विभिन्न प्रस्तुती तथा गोलमेचसम्मका कार्यक्रम हुने भएको ।
सम्मेलनमा अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, योजना आयोग, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ तथा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू तथा विश्वविद्यालयका पदाधिकारीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ । दशकौं अघिदेखिको न्यून आर्थिक वृद्धि, गरिबी, असमानता, बेरोजगारी, निर्वाहमुखी कृषि, न्यून पूँजीगत खर्च, उच्च मुद्रास्फीति, उच्च व्यपार घाटा, कमजोर पूर्वाधार तथा औद्योगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र, आयातमुखी राजश्व जस्ता आर्थिक मुद्दाहरूमा बहस हुने छ ।
बहसमार्फत यी समाधानसहित सरकार र प्रमुख राजनीतिक दलहरूलाई कार्यान्वयन गर्न सुझाव दिनु आयोजकको प्रमुख उद्देश्य छ । डा। गणेशराज जोशीले ‘कृषिको व्यवसायिकरण र औधोगिकीकरणका चुनौतीहरू’, सिद्धराज भट्ट र भरतराम ढुंगानाले ‘वित्तीय पहुँच, उत्पादनशील लगानी र वित्तीय स्थायित्व’, डा। उत्तम खनालले ‘औद्योगिकीकरणमा निजी क्षेत्र’ र डा। सुनीलकुमार पोखरेलले ‘दीगो आर्थिक विकासका लागि प्राकृतिक स्रोतको उपयोग’ शीर्षकको पेपर प्रस्तुत गर्नेछन् । डा। ज्ञानेन्द्र पौडेलले ‘सहकारी अभियानको ६५ वर्षको अभियान र हालको अवस्था’ तथा वैकुण्ठ पाण्डेले ‘नेपाली अर्थतन्त्रमा नवउदारवादको प्रभाव’ विषयक प्रस्तुती दिनेछन् ।











