२५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने

१५ जेष्ठ २०७९, आईतवार १७:४७

काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य मार्फत सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने बताएका हुन् ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सूचकांक मुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*