डलरको भाउले नयाँ रेकर्ड बनाउँदै, १ डलर किन्न १२६ रुपैयाँ ६५ पैसा खर्चिनुपर्ने

१६ असार २०७९, बिहीबार १२:१९

काठमाडौं । डलरको भाउले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आजपनि डलरको भाउ बढेर नयाँ उचाई लिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । उक्त दर हालसम्मकै उच्च हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ६५ पैसा खर्च गर्नु पर्ने भएको छ ।

बुधबार अमेरिक डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा थियो। पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। ती दुइ मुलुकको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*