एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बनेपाका अधिकारी परिवारलाई ५९ लाख मृत्यु दाबी भुक्तानी

१२ चैत्र २०७७, बिहीबार २२:५६

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाका अधिकारी परिवारलाई ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखा कार्यालयले बनेपाका स्व. राजु कुमार अधिकारीकी हकवाला श्रीमती इन्दिरा पुडासैनी अधिकारीलाई बिहिवार एक कार्यक्रमका बीच ५९ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितकी हकवाला श्रीमति इन्दिरा पुडासैनी अधिकारीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको सो कम्पनीले जनाएको छ ।

स्व. अधिकारीले २०७५।०६।२१ मा ५० लाख बीमाङ्कको अग्रिम भुक्तानी सावधिक जीवन बीमा पोलिसी खरिद गरेका थिए । तीन वर्षको अवधीमा १३ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरिसकेको अवस्थामा २०७७।०७।१८ गतेका निधन भएको थियो । कम्पनीले बीमाङ्क रकममा बोनस समेत थप गरी दावी भुक्तानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*