कोरोना महामारी ह्वात्तै बढ्यो, लकडाउन गर्ने बारे छलफल हुँदै

१२ बैशाख २०७८, आईतवार १४:३७

काठमाडौं । भारतमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेपछि लकडाउन गर्ने बारेमा नेपाल सरकारले छलफल अघि सार्ने भएको छ । आज बस्ने सिसिएमसीको बैठकमा सो सम्बन्धी छलफल हुने जनाइएको छ ।

सरकारले सिंगो देशमा एकै पटक लकाडउन नगरी प्रभावित क्षेत्रलाई मात्रै सिल गरेर कोरोना भाइरस नियन्त्रणको प्रयास गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा जानकारी दिएका छन् ।

स्रोतका अनुसार सरकारले कोरोना भाइरस धेरै फैलिएको नेपालगन्ज, बीगरन्ज लगायतका क्षेत्रमा लकडाउन गर्ने तर तत्काल काठमाडौं सहितका अन्य पहाडी जिल्लाहरुमा लकडाउन नगर्ने नीतिमा अघि बढ्न सक्ने योजनामा काम गरिरहेको छ ।

आजै अपरान्ह बस्ने सिसिएमसीको बैठकमा लकडाउन सम्बन्धमा छलफल हुने जनाइएको छ । कोभिड नियन्त्रण सम्बन्धी सिसिएमसीको बैठक आज अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढिरहेकोछ । दैनिक नयाँ संक्रमितको संख्या तीन हजार पुग्न लागि सकेको छ भने संक्रिय संक्रिमितको संख्या १५ हजार पुग्न लागेको छ । दैनिक मृत्युदर सरदर १० जना पुग्न लागिसकेको छ । हालसम्मको तथ्याङ्क अनुसार कूल संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ जना रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १३६ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा २४८६ जना संक्रमित भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*