बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशतले बढ्यो

२९ बैशाख २०७८, बुधबार १८:०२

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ ।

२०७७ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको छ ।अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत रहेको थियो । २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत रहेको छ । २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*