बीमा समितिद्धारा शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर स्वीकृत

३० बैशाख २०७८, बिहीबार १७:४९

काठमाडौं । बीमा समितिले शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्वीकृत दिएको छ। कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका लागि पठाएको कम्पनीले जनाएको छ।

कम्पनीले गत आर्थिक बर्षमा दिएको २७.७७ % बोनस शेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद सेयर निष्कासन गरिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*