सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड भोलि, १४ लाख ५१ हजारको हात खाली हुने

३० बैशाख २०७८, बिहीबार १९:३६

काठमाडौं । सिईबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार भोलि अरान्ह ११ः०० बजे सनलाईज क्यापिटलमा सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुने छ ।

कम्पनीका अनुसार २५ लाख ८१ हजार २३० कित्ता शेयरमा आवेदन खुल्ला गरिएकोमा कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणलाई वितरण गरिनेछ ।

कम्पनीका अनुसार सो आईपिओमा कूल १६ लाख ८५ हजार ६२७ जनाको आवेदन परेको छ । सो आईपिओमा चार हजार ४४२ जनाको आवेदन रद्द गरिएको जनाएको छ । त्यस्तै ४८ हजार ३२२ जनाको आवेदन प्रमाणिकरण हुन नसकेको जनाएको छ ।

कम्पनीका अनुसार कूल दुई लाख ३४ हजार १९५ जनाा आवेदकलाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिनेछ । भोलि हुने आईपिओ बाँडफाँडमा १४ लाख ५१ हजार ४३२ जनाको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*