बीमापोष्टको सम्पादकमा न्यौपाने नियुक्त

३१ बैशाख २०७८, शुक्रबार ०९:५६

काठमाडौं । बीमा क्षेत्र तथा यससँग सम्बन्ध राख्ने विभिन्न पक्षहरुको साझा अनलाईन समाचार संस्थाको रुपमा औपचारिक शुभारम्भ गरिएको बीमापोष्ट डटकमको सम्पादकमा नबराज न्यौपाने नियुक्त भएका छन् ।

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिले आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको बीमापोष्ट डटकम नेपाली भाषामा सञ्चालित बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन न्यूज पोर्टल हो ।

आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर न्यौपाने यसअघि दैनिक, साप्ताहिक सहितका एक दर्जन प्रिन्ट मिडिया तथा पछिल्लो समय विभिन्न अनलाईनसहित डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । न्यौपाने पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक समेत हुन् ।

पदभार ग्रहण गर्दै सम्पादक न्यौपानेले नेपाली बीमा क्षेत्रमा वाचडगको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार र विचारमार्फत आगामी दिनमा बीमापोष्ट डटकममार्फत बीमित, बीमक तथा राज्यका निकायका बीचमा पुलको भूमिका गर्छौ’ सम्पादक न्यौपाने भने ।

कोरोना महामारीका कारण कुनै कार्यक्रम नगरी आजबाट बीमापोष्ट डटकम औपचारिक रुपमा सञ्चालनमा ल्याएको राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरले जनाएको छ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर केही समयअघि स्थापना भएको आम सञ्चार सम्बन्धी खोज तथा अनुसन्धान सम्बद्ध संस्था समेत हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*