सिइबिडी हाइड्रोपावरको शेयर बाँडफाँड नतिजा ४ बजे सार्वजनिक हुने

३१ बैशाख २०७८, शुक्रबार १५:५३

काठमाडौं । सिइबिडी हाइड्रोपावरको आज बाँडफाँड भएको आइपीओ रिजल्ट बेलुका ४ बजेपछि सार्वजनिक हुने भएकम्पनीको आइएपीओ बिक्रि प्रबन्धक सनराइज क्यापिटलले मेरो शेयरमा आइपीओको रिजल्ट अपलोड गर्न केही समय लाग्ने भएको जनाएको छ ।

लगानीकर्ताले आइपीओ रिजल्ट मेरो शेयर, सनराइज क्यापिटलको वेवसाइट र सिईडिबि हाइड्रोपावरको वेबसाइटबाट समेत हेर्न सकिन्छ ।कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*