मानुषी लघुवत्तले ३ लाख ९३ हजार कित्ता आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा आवेदन दर्ता

३१ बैशाख २०७८, शुक्रबार १७:३९

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले झण्डै चार लाख कित्ता साधारण शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता भएको छ ।
बोर्डले आज जनाए अनुसार सो कम्पनीले यही बैशाख १३ गते आईपिओका लागि निवेदन दर्ता गराएको हो । बोर्डमा दर्ता भएको निवेदनमाथि अध्ययन भइरहेको जनाइएको छ ।
कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ आईपिओ जारी गर्न आवेदन दिएको हो । सो अनुसार तीन लाख ९३ हजार ७५० कित्ता शेयरका लागि आईपिओ निष्काशन गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*