२९ लाख कित्ता आईपिओ निष्काशनको प्रस्ताव बोकेर धितोपत्र बोर्ड पुग्यो दोर्दी खोला जलविद्युत कम्पनी

३१ बैशाख २०७८, शुक्रबार १८:१७

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही बैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गरेको छ ।
बोर्डका अनुसार सो कम्पनीको आवेदनमाथि अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएपछि आईपिओ निष्काशनको लागि अनुमति दिइने छ ।
जलविद्युत कम्पनीको आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रक्रिया पूरा गर्न केही समय लाग्नेछ । उक्त कम्पनीले बोर्डबाट आईपिओ निष्काशनको लागि अनुमति पाउने वित्तिकै आवेदन खुल्ला गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*